Section 12
डिजायनमा हक प्राप्त गर्ने
: (१) कसैले आफूले बनाएको वा बनाउन लगाएको कुनै वस्तुको  डिजायन दफा १४ बमोजिम विभागमा दर्ता गराई सो डिजायन उपर यस ऐनबमोजिमको हक  प्राप्त गर्न सक्नेछ ।
(२) यस ऐन बमोजिम कुनै व्यक्तिको नाममा दर्ता भएको डिजायन अरु कसैले नक्कल  गर्न वा दफा २१घ. बमोजिम आफ्नो नाममा नामसारी नगराई वा प्रयोगको निमित्त लिखित रुपमा  अनुमति नलिई आफ्नो वा अरुको नामबाट प्रयोग गर्न गराउन हुँदैन ।